सजाय भुक्तानका लागि अदालत हाजिर

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २६

कुटपिट मुद्धामा दोषी ठहर भएका एक व्यक्ति सजाय भुक्तानका लागि जिल्ला अदालत हाजिर भएका छन् ।

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ६ वाकुका गोपाल रेग्मी मगरले दायर गरेको कुटपिट मुद्धा फैसला गर्दै २०७३ जेठ १० गते शिरे बुढाथोकीलाई दोषी ठहराएको थियो । अदालतले ६ महिना कैद र दुई हजार जरिवाना सहित फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाले अन्याय गरेको भन्दै दोषी ठहरिएका बुढाथोकी पुनरावेदन अदालत ओखलढुंगा गएका थिए । पुनरावेदनले जिल्लाकै फैसलालाई सदर गरेपछि बुढाथोकी आँफै सजाय भुक्तानका लागि जिल्ला अदालत सोलुखुम्बुमा बुधबार हाजिर भएका हुन् ।

२०७५ फागुन ३० मा पुनरावेदनले जिल्ला अदालतकै फैसला सदर गरेपछि दोषी बुढाथोकी सजाय भुक्तानका लागि राजी भएका हुन् । उनलाई अदालतले तोकेका सजाय भुक्तानका लागि बुधबार नै जिल्ला कारागारमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार