९ महिनाअघि गोक्यो तालमा डुबेका विद्यार्थी खोज्न टोली खटियो

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २७

गएको साउन १९ गते गोक्यो तालमा डुबेर बेपत्ता भएका दुई जना विद्यार्थीको शव खोज्न टोली खटिएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ४ मा रहेको खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थीमध्ये तीन जना विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो तालमा हराएका थिए । हराइरहेका तीन जनाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोलीले पेम्बा नुरु शेर्पाको शव निकालेको थियो ।

तालमा डुबेका पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली अझै हराइरहेका छन् । तालमा बेपत्ता भएको ९ महिनापछि बालकको खोजी गर्न विदेशी विशेषज्ञ र गोताखोरसहित सशस्त्र प्रहरी बलको संयुक्त टोली आज गोक्यो ताल तर्फ हिँडेको हो ।

हिमतालमा डुबेका बालकहरुको खोजीका लागि रोबर्ट, जेनेरेटर, ड्राइसुटलगायत सामग्रीहरु आजै हेलिकप्टरमार्फत गोक्यो हिमताल पुगेको र विशेषज्ञसहितको टाली आगामी मंगलवार गोक्यो ताल क्षेत्र पुग्ने टोलीमा सहभागी विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

अमेरिकाबाट आएका विशेषज्ञसहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक, पथप्रदर्शक लगाएको टोली उद्धारका लागि गएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार