हप्ता दिन देखि अन्धकार सल्लेरी

उज्यालोको पखाई मंगलबारसम्म

  सुमेरु संबाददाता

सोलुखुम्बु, जेठ ४

सल्लेरी–च्याल्सा विद्युत कम्पनीले पावरहाउस मर्मतसम्भार थालेपछि सल्लेरीका सर्वसाधारण एक हप्ता देखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

पावरहाउसको नियमित मर्मतसम्भार अन्तरगत नयाँ पावरहाउस २७३ किलोवाटको पेनस्टक पाइप मर्मत नसकिएपछि तोकिएको मिति भन्दा पर धकलिएको विद्युत कम्पनीले जनाएको छ ।

बैशाख २९ गते देखि विद्युत प्रसारण बन्द गरि मर्मतसम्भार शुरु गरेको कम्पनीले एक हप्तामा विद्युतको नियमित प्रसारण गर्ने सूचना जारी गरेको थियो । उद्यपी, बिग्रिएको करिब १५ मिटर पेनस्टक पाइप मर्मतको क्रममा समस्या देखिएपछि विद्युत प्रसारणको समय लम्बिन गएको हो ।

कम्पनीले संभव रहेसम्म आगामी जेठ ७ गते देखि आंशिक रुपमा विद्युत प्रसारण गर्ने तयारीका साथ मर्मतको कामलाई जारी राखिएको जनाएको छ । विद्युत प्रसारण बन्द हुदा सल्लेरी र आसपासका उपभोक्ता अन्धकारमा बस्न बाध्य छन् ।

विद्युत अभावमा जिल्लाबाट संचालिक दुई एफ एम रेडियोको प्रसारण समेत प्रभावित बनेको छ । विद्युतकै कारण बैंिकङ कारोबार समेत प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार